बिर्तामोड, माघ २९। झापाको बिर्तामोड ८ मा सञ्चालित ३ महिने सीप विकास तालिम सम्पन्न भएको छ ।

सीप विकास तालिम केन्द्र भद्रपुर झापा र बिर्तामोड नगरपालिका ८ नं वडा कार्यालयको संयुक्त आयोजनामा तालिम गराइएको थियो । ८ नम्बर वडाका १५ जना युवा तथा लक्षित वर्गाको सहभागिता रहेको तालिममा वायरिङ, बिद्युत जडान, ट्रान्सफर्मर जडान, मर्मतलगायतका विषयमा जानकारी प्रदान गरिएको प्रशिक्षक चेतन संग्रौलाले जानकारी दिए ।

असोज २७ गतेबाट सञ्चालन भएको तालिम समापन समारोहमा वडा अध्यक्ष अजय कार्कीले प्रशिक्षार्थीलाई तालिम लिएर प्रमाणपत्र बाकसमा राख्नुभन्दा पनि सिकेको सीप व्यवहारमा उतार्न आग्रह गरे । तालिम केन्द्रका अधिकृत बिनोद न्यौपानेको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।करिव २ लाख रुपैयाँको अनुमानित लागतमा वडा नम्बर ८ को सामुदायिक भवनमा तालिम सञ्चालन गरिएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्