झापा , फागुन १ । ताप्लेजुङ्ग केन्द्रविन्दु बनाएर सोमबार बिहानै भूकम्प गएको छ।

राष्ट्रिय भूकम्पमापन केन्द्रका अनुसार आज बिहान साढे ४ बजे ताप्लेजुङ्गको लेलेप र ओलाङ्चुङ्गोला आसपास केन्द्रविन्दु भएर ४.८ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्प ताप्लेजुङ्ग र आसपासको जिल्लामा समेत महशुस गरिएको थियो । हालसम्म क्षतिको कुनै विवरण प्राप्त भएको छैन ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्