झापा , फागुन १ । फागुन महिनाभर ११ वटा सार्वजनिक बिदा पर्ने भएका छन्।

विभिन्न दिवस, पर्व र शनिबारीयसहित ११ वटा सार्वजनिक बिदा पर्ने भएका हुन्। आज फागुन १ गते सरकारले जनयुद्ध दिवसको बिदा दिएको छ । ७ गते प्रजातन्त्र दिवस, ९ गते ग्याल्पो ल्होछार , १५ गते मगर दिवस, २२ र २३ गते पहाड र तराईमा फागुपूणर्िमा तथा २४ गते नारी दिवसको सार्वजनिक बिदा छ । मगर दिवस राजपत्रमा प्रकाशित बिदामा सूचिकृत नभए पनि अधिकांश स्थानीय तहले बिदा दिने गरेका छन् । यसैगरी फागुन ६, १३, २० र २७ गते शनिबारको बिदा छ । फागुनकै ३ गते लुम्बिनी प्रदेशले प्रदेश स्थापना दिवसको अवसरमा प्रदेश स्तरीय बिदा दिएमा सार्वजनिक बिदाको संख्या १२ पुग्नेछ । प्रदेश सरकारले पनि आ-आफ्नो प्रदेशको धर्म, संस्कृतिलगायतका अवसरमा वर्षमा अतिरिक्त ६ दिन बिदा दिन पाउँछन् । राजपत्रमा प्रकाशित सरकारी बिदाअनुसार यो वर्ष राष्ट्रिय स्तरका १ सय ३६ बिदा परेका छन् । तर प्रदेशहरुले पनि आफू अनुकुलका बिदा दिँदा सार्वजनिक बिदाको संख्या थपिँदै गएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्