झापा, फागुन १ । नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक बिदा भए पनि बैंक खोल्न निर्देशन दिएको छ ।

सूचना जारी गरी राष्ट्र बैंकले सरकारले ‘जनयुद्ध दिवस’ का अवसरमा बिदा दिए पनि नगद कारोबार, चेक क्लियरिङ, आरटीजीएसलगायत अत्यावश्यक बैंकिङ सेवा प्रदान गर्न बैंकहरूलाई निर्देशन दिएको छ । सोमबार बिहान १० बजेदेखि १ः३० बजेसम्म बैंक तथा वित्तीय संस्थाका आवश्यक विभाग तथा कार्यालय खुला राखेर सेवा सहज बनापउने व्यवस्था मिलाउन निर्देशन दिएको हो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्