झापा, फागुन ७ । १८ वर्षपछि झापाको भद्रपुरस्थित मेची रंगशालामा आजदेखि भद्रपुर झापा गोल्डकप शुरु भएको छ ।

नेपाल, भारत, भुटान र बंगलादेशका १० टोली सहभागी रहेको प्रथम भद्रपुर झापा गोल्डकप प्रतियोगिताको उद्घाटन खेलमा आयोजक भद्रपुर ब्लेजर्स र भारत जयगाउँ फुटबल क्लबबीच प्रतिस्पर्धा शुरु भएको छ । उपप्रधान तथा ऊर्जा मन्त्री राजेन्द्र लिङ्देनले प्रतियोगिताको उद्घाटन गरेका छन् । मेची रंगशालामा २०६१ सालमा भएको त्रिभुवन गोल्डकपपछि कुनै पनि ठूला प्रतियोगिता भएको थिएन । गोल्डकप सञ्चालनका लागि करिब डेढ करोड खर्च हुने अनुमान गरिएको छ। फागुन १६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा आयोजक भद्रपुर ब्लेजर्ससहित विभागीय टोली नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी, एपीएफ, मच्छिन्द्र, चर्च ब्वाइज, संकटा क्लब सहभागी छन् । विदेशी टोलीमा जयगाउँ भारत, डुक ल्हासुल भुटान र क्राउन बजार प्रगति संघ बंगलादेशको सहभागिता रहेको आयोजक समितिका महासचिव जीवनकुमार श्रेष्ठले जानकारी दिए। गोल्डकपको विजेताले १३ लाख नगद पुरस्कार पाउने छ। यस्तै उपविजेताले सात लाख रुपैयाँ प्राप्त गर्नेछ। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई नगद एक लाख, उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, प्रशिक्षक र उच्च गोलकर्तालाई नगद २५ हजार रुपैयाँ प्रदान गरिने भएको छ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्