बिर्तामोड ,फागुन ८ । बिर्तामोड ३ बिर्ताबजारस्थित महेन्द्ररत्न माध्यमिक विद्यालयमा संचालित ‘महेन्द्र रत्न तारा’ गायन प्रतियोगिताको उपाधि सिद्धिका दाहालले जितेकी छन् ।

आज भएको अन्तिम छनोटमा ८३ जना प्रतिष्पर्धी सहभागी भएका थिए । ८२ जना प्रतिष्पर्धीलाई पछि पार्दै सिद्धिका महेन्द्र रत्न तारा बन्न सफल भएकी हुन् ।

त्यस्तै अभिषी खरेल, रविना काफ्ले , सामना कार्की क्रमशः द्वितीय ,तृतीय र सान्त्वना भएका छन् । बिजेताहरुलाई नगद पुरस्कार , ट्रफी र प्रमाणपत्र प्रदान गरिएको छ । प्रतियोगितामा गायक अर्जुन खरेल र भक्त बिश्वास निर्णायक रहेका थिए ।

सोही अवसरमा अन्तरसदनात्मक विभिन्न खेलका विजेता विद्यार्थीलाई पदक तथा पुरस्कार प्रदान गरिएको थियो भने राष्ट्रपति रनिङ शिल्डमा बिद्यालयको नाम राख्ने १६ जना विद्यार्थीलाई नगदसहित प्रोत्साहन पुरस्कार प्रदान गरिएको थियो ।विद्यालयका प्रधानाध्यापक खड्गप्रसाद खरेलको अध्यक्षतामा भएको कार्यक्रममा वडा अध्यक्ष मदन बुढाथोकी ,नाट्य संगीत प्रतिष्ठानका प्राज्ञ हरि पौडेल , विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टंक सेढाई , सदस्यहरु हिमाल मैनाली आनन्दी राजवंशी, भुतपूर्व विद्यार्थी समाजका अध्यक्ष राजकुमार पोखरेल , नेपाल शिक्षक महासंघ बिर्तामोडका अध्यक्ष युवराज कट्टेल, नेत्रप्रसाद खरेल, पार्वता कार्की , डा. कुमार सुवेदी, जितेन्द्र श्रेष्ठ,श्यामशुन्दर साहु, निर्मला खरेल, तुलसा सिवाकोटी , टंक संग्रौलालगायतको उपस्थिति रहेको थियो ।

शिक्षक तुलसीराम खरेलले सञ्चालन गरेको कार्यक्रममा केशव प्रसाईं, आशा खनाल, तेजेन्द्र थापा, भोजराज दहाल, ईन्द्रशंकर चौधरी सहजकर्ता रहेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्