बिर्तामोड , फागुन ८ । प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित बिर्तामोडका दुई युवा पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा बिर्तामोड नगरपालिका वडा नं.५ बस्ने २९ वर्षिय सुरज कुँवर र ३४ वर्षिय सुरेश श्रेष्ठ रहेका छन् । आज साँझ ५.२० बजे अस्थाई प्रहरी बिट मेची पुलबाट खटिएको प्रहरी टोलीले भद्रपुर नगरपालिका वडा नं.५ मेची पुलमा भारतबाट नेपालतर्फ आउँदै गरेको मे.६प.६२ नं.को मोटरसाईकललाई शंका लागेर चेकजाँच गर्दा चालक कुँवर र पछाडी सवार श्रेष्ठले उक्त मोटरसाइकलको बाँया साइडको इन्डिकेटरभित्र लुकाइराखेको ४ ग्राम २२ मिलिग्राम ब्राउनसुगर फेला परेको थियो ।

मोटरसाईकलसहित दुवै जनालाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय झापाबाट थप अनुसन्धान भईरहेको डीएसपी खगेन्द्र रिजालले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्