एजेन्सी । ७.८ म्याग्नेच्युडको शक्तिशाली भूकम्प गएको दुई सातापछि टर्कीमा पुनः शक्तिशाली भूकम्प गएको छ ।

टर्कीको दक्षिणपूर्वी क्षेत्रमा सोमबार ६.४ र ५.८ म्याग्नेच्युडको दुईवटा भूकम्प जाँदा कम्तीमा तीन जनाको मृत्यु भएको छ । भूकम्पमा परी सयौं घाइते भएको टर्कीको विपद् तथा आकस्मिक व्यवस्थापन संस्था एएफएडीले जनाएको छ । ६.४ म्याग्नेच्युडको भूकम्प गएको ३ मिनेटपछि ५.८ म्याग्नेच्युडको अर्को भूकम्प गएको बीबीसीले जनाएको छ ।

टर्कीका अधिकारीहरुले सोमबारको भूकम्पमा परी दुई सय ९४ जना घाइते भएको बताएका छन् । उक्त भूकम्पपछि दर्जनौं पराकम्पनहरू गइरहेको त्यहाँका अधिकारीले जनाएका छन् । भूकम्प गएको हतय प्रान्त सिरियाको नजिकै रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।
टर्की र सिरियाका अधिकारीका अनुसार दुई साताअघि गएको ७.८ म्याग्नेच्युडको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेहरूको संख्या ४६ हजार नाघेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्