झापा, फागुन ९ । नेपाली राजनीतिका समाजवादी चिन्तक एवम् नेपाली काँग्रेसका नेता स्वर्गीय सीके प्रसाईको २९ औं स्मृति दिवस मनाईयो ।

अर्जुनधारा ६ स्थित सीके चिन्तन प्रतिष्ठानको सभाहलमा सोमवार प्रतिष्ठानका अध्यक्ष टीका प्रसाईको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । नेपाली समाज र राजनीतिमा स्वर्गीय प्रसाईको योगदानबारे अध्यक्ष प्रसाईं र सदस्य खगेन्द्र नेम्बाङ्लगायतले चर्चा गरेका थिए । ।स्मृति सभाको संचालन प्रतिष्ठानका सदस्य वीरु दर्नालले गरेका थिए ।

केही दिनपछि हुन लागेको सीके चिन्तन प्रतिष्ठानको वार्षिक साधारणसभा तथा अधिवेशनका बेला स्वर्गीय प्रसाईको योगदानबारे एक बृहत् अन्तरक्रियात्मक कार्यक्रम गरिने प्रतिष्ठानका महासचिव लक्ष्मी आचार्यले बताए ।

वि.स. १९८८ साल फागुन ७ गते सर्लाहीको पडरियामा जन्मिएका प्रसाईको निधन २०५० साल फागुन ८ गते झापा बिर्तामोडमा भएको थियो । नेपाली काँग्रेसमा आवद्ध प्रसाईले २०१७ देखि २०२६ सम्म भारतमा निर्वासित जीवन बिताएका थिए । स्वर्गीय प्रसाईं नेपाल फर्केपछि पनि ०२७ सालदेखि ०३३ सम्म जेल जीवन र काठमाडौमा नजरबन्दमा परेका थिए । स्वर्गीय प्रसाईं नेपाली काँग्रेसको तत्कालीन केन्द्रीय सदस्य तथा झापाका पूर्व पार्टी सभापति भएर नेपाली राजनीतिमा क्रियाशील रहेका थिए ।

लेखनकला र बौद्धिकतामा एसियामै नाम कहलिएका स्वर्गीय प्रसाईका प्रकाशित कृतिहरुमा आजको सरल राजनीति , ब्यवहारिक राजनीतिको प्रारम्भिक रुपरेखा , मन जे मान्यो सत्य , कम्युनिष्ट मेनोफेस्टोः समाजवादको आधारशीला तथा विभिन्न पत्रपत्रिकाहरुमा स्तम्भ लेखन तथा फुटकर रचनाहरु रहेका छन् । साथै बिद्यामणि ( सामयिक ) र तएउण ( पाक्षिक ) को सम्पादनसमेत स्वर्गीय प्रसाईले गरेका थिए । लेखक एवम् साहित्यकार कृष्ण धरावासीद्वारा सम्पादित सीके प्रसाईका विचारहरु र आजको सरल राजनीति पुन ः प्रकाशित भएको छ । स्वर्गीय प्रसाईका श्रीमती स्वर्गीय ज्ञानु प्रसाईं , एक छोरा विवेक प्रसाईं , छोरी रमिता प्रसाईं र नम्रता सिंह बिष्ट तथा ६ नाति नातिनाहरु रहेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्