झापा , फागुन १० । मुस्ताङ प्रथम भद्रपुर झापा गोल्डकपमा आज मछिन्द्र फुटबल क्लब र चर्च ब्वाइज युनाइटेडबीच प्रतिस्पर्धा हुँदैछ ।

भद्रपुर नगरपालिकाको संरक्षणमा मेची रंगशालामा जारी प्रतियोगिताको दोस्रो क्वाटरफाइनल खेलमा मछिन्द्र र चर्च ब्वाइजबीच आज दिउँसो साढे २ बजे प्रतिस्पर्धा हुन लागेको आयोजक समितिले जनाएको छ । गत वर्षको लिग विजेता मछिन्द्र हो भने ए डिभिजनका लागि चर्च ब्वाइज नवप्रवेशी टिम हो । मछिन्द्रले भर्खरै सातौँ राजर्षि जनक कप फुटबलको उपाधि जितेको हो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्