झापा , फागुन १० । मोरङको बेलबारीमा बुधबार बिहान यात्रुबहाक बसको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ ।

साइकलमा सवार अर्का एकजना घाइते भएका छन्। पूर्व-पश्चिम लोकमार्गअन्तर्गत बेलबारी नगरपालिका-१ मा ना ५ ख ६९४२ नम्बरको बसले एकैपटक दुईवटा साइकललाई ठक्कर दिँदा बिहान ६ः३० बजेतिर दुर्घटना भएको हो । दुर्घटनामा साइकलयात्री बेलबारी-२ का १९ वर्षीय लेखनाथ चौहानको मृत्यु भएको मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक राजकुमार कार्कीले जानकारी दिए । उनका अनुसार गम्भीर घाइते चौहानलाई उपचारका लागि विराटनगरको नोबेल शिक्षण अस्पताल ल्याइपुर्‍याउनासाथ चिकित्सकले मृत घोषित गरेका हुन् । बसको ठक्करबाट अर्को साइकलका यात्री बेलबारी-२ का १८ वर्षीय राम बस्नेत घाइते भएका छन्। बस्नेतको नोबेलमै उपचार भइरहेको छ । बस र चालक स्याङ्जाको आँधीखोला गाउँपालिका-२ का ३८ वर्षीय नरेन्द्र दर्जीलाई नियन्त्रणमा लिएर प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्