झापा, फागुन १० । आईसीसी क्रिकेट विश्वकप लिग-२ को त्रिदेशीय शृंखलामा ‘क्लिन स्विप’ गरेपछि सन्दीप लामिछानेले बुधबार जितमा आफ्नो योगदान जस्तो भएपनि देशले क्रिकेट जितेको बताएका छन् ।

“मैले कति योगदान गर्न सके थाहा छैन । तर, मेरो देशले क्रिकेट जितेको छ । यो साथ यो मायाको लागि सम्पूणर्मा हृदय देखी आभारी छु,” सन्दीपले सामाजिक सञ्जालमा लेखेका छन् । मंगलबार सम्पन्न नेपाल, नामिबिया र स्कटल्यान्ड सम्मिलित एकदिवसीय त्रिदेशीय शृंखलामा उनले कुल १३ विकेट लिएका थिए । सन्दीपलाई नाबालिक किशोरीमाथि बलात्कार गरेको आरोप लागेको छ । त्यही कारण उनलाई राष्ट्रिय टिमबाट खेल्न दिन हुने/नहुनेबारे पनि विवाद भएको थियो।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्