बिर्तामोड,फागुन १० । झापाको बिर्तामोड-४ सूर्योदय टोलमा कप्स एन्ड बोटल्स क्याफे तथा रेष्टुरेन्ट सञ्चालनमा आएको छ ।

बिर्तामोडका तीन जना युवाहरु अमित खड्का, अर्जुन संग्रौला र योगेश अधिकारीको संयुक्त लगानीमा सो रेष्टुरेन्ट संचालन ल्याइएको हो । करिव ६० लाखको लगानीमा सञ्चालनमा ल्याइएको रेष्टुरेन्टको र्याप गायक आशिष राना (लाहुरे) ले बुधवार उद्घाटन गरेका छन् । आफ्नै देशको उत्पादन र प्रविधिबाट सो रेष्टुरेन्ट निर्माण गरिएको संचालकहरुले बताएका छन् । होटलका सम्पूर्ण सामानहरु बाँसले बनाइएको छ ।

रेष्टुरेन्टमा बिशेष गरेर मट्का बिरयानी, चिकेन समोसा, मट्का चिया, माछाका आइटमहरुलगायत सबै प्रकारका खाना तथा नास्ता पाइने सञ्चालक अमित खड्काले बताए । बाँस, खर र काठको प्रयोग गरेर निर्माण गरिएको रेष्टुरेन्टमा बैदेशिक रोजगारीमा जानेलाई बारिस्टालगायतको तालिम दिने व्यवस्थासमेत रहेको सञ्चालक खड्काले जानकारी दिएका छन् । उद्घाटन कार्यक्रममा बिर्तामोड उद्योग बाणिज्य संघका महासचिव अर्जुन मैनाली,सदस्य जीवन खड्कालगायतको उपस्थिति रहेको थियो । रेष्टुरेन्टमा २० जनाले प्रत्यक्ष रोजगारी पाएको जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्