झापा, फागुन ११ । सिम्रिक बचत तथा ऋण सहकारी संस्था लि. बिर्तामोड–४ झापाको आयोजनामा इलामको माई नगरपालिकामा एकदिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

नोबेल शिक्षण अस्पताल विराटनगरको प्राविधिक सहयोग र समाजसेवी सूर्यप्रसाद रिमालको सहकार्यमा माई नगरपालिका वडा नं. २ स्थित गरुवा बहुमुखी क्याम्पसको प्रांगणमा एकदिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको हो । जेनेरेल मेडिसिन तथा मुटुरोग, प्रसुती तथा स्त्री रोग, बाल रोग, हाडजोर्नी तथा नसा रोग, न्युरो, छाला तथा यौन रोग, नाक कान घाँटी, आँखा , दाँत, भिडियो एक्स–रे, ई.सी.जी. तथा ल्याबसम्बन्धी सम्पूर्ण परीक्षणसहितको शिविरमा ६९२ जना स्थानीयले चेकजाँच गराएका थिए । शिविरमा औषधी समेत निःशुल्क प्रदान गरिएको संस्थाका अध्यक्ष सुवास भट्टराईले जानकारी दिए ।उक्त शिविरमा माई नगरपालिका वडा नं. २ का वडाध्यक्ष उद्रबहादुर राईको प्रमुख आतिथ्य, नोबेल हस्पिटलका मार्केटिङ अफिसर भगत शाहको आतिथ्य तथा अन्य विषयगत डाक्टरहरुको उपस्थिति रहेको थियो ।

शुभकामना दिँदै सिम्रिक बचत तथा ऋण सहकारी संस्था लि. का कार्यकारी प्रमुख कमलबहादुर बस्नेतले प्राविधिक सहयोग प्रदान गर्नेे नोबेल शिक्षण अस्पताल, कोठाहरु उपलब्ध गराउने गरुवा बहुमुखी क्याम्पस परिवार, रेडक्रस भवन उपलब्ध गराउने माई नगरपालिकाको रेडक्रस परिवार, बेडहरु उपलब्ध गराउने माई नगरपालिकाको स्वास्थ्य कार्यालय परिवारलाई विशेष धन्यवाद दिएका थिए । यस आर्थिक वर्षमा आजको मितिसम्म संस्थाले औषधी उपचार खर्चको आधारमा ५७१ जना शेयर सदस्यलाई रु. ७१ लाखभन्दा बढी राहत रकम उपलब्ध गराईसकेको र आगामी दिनहरुमा समेत संस्थाले यस किसिमको सामाजिक कार्यलाई निरन्तरता दिँदै सदस्यहरुलाई प्रत्यक्ष रुपले सेवा प्रदान गर्ने उनले प्रतिवद्धता समेत जनाए ।
संस्थाका विभागीय प्रमुख प्रेम बस्नेतले संचालन गरेको औपचारिक कार्यक्रममा क्यान्सर रोगको उपचार गराउँदै आएका सेवाकेन्द्र दानाबारीअन्तर्गतका शेयर सदस्य तिलक अधिकारीलाई प्रमुख अतिथिबाट राहत स्वरुप रु. ४५ हजार प्रदान गरिएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्