झापा , फागुन १४ । भद्रपुर झापा गोल्डकपमा आज विभागीय टोली एपिएफ फुटबल क्लब र मछिन्द्र क्लबबीच प्रतिस्पर्धा हुँदैछ ।

भद्रपुर नगरपालिकाको संरक्षणमा मेची रंगशालामा जारी अन्तिम सेमिफाइनल खेलमा एपिएफ गत वर्षको लिग च्याम्पियन टोली मछिन्द्रसँग आज दिउँसो साढे २ बजे भिडन्त हुन लागेको आयोजक समितिले जनाएको छ । आज जित्ने टोलीले उपाधिका लागि फाइनलमा त्रिभुवन आर्मीसँग भिड्नेछ । मछिन्द्रले भर्खरै सातौँ राजर्षि जनक कप फुटबलको उपाधि जितेर झापा आएको हो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्