झापा , फागुन १४ । सुनसरीको रामधुनी नगरपालिका-४ बाट भन्सार छली गरी अवैधरुपमा नेपाल भित्राएको कपडाहरु प्रहरीले बरामद गरेको छ ।

शनिबार दिउँसो ईलाका प्रहरी कार्यालय पकली र प्रहरी चौकी सिंघियाबाट खटिएको प्रहरी टोलीले रामधुनी-४ स्थित भित्रि सडक खण्डमा अबैध रुपमा भन्सार छलि गरी सडक छेउमा राखेको अवस्थामा ७ सय ८४ पिस कुर्था सुरुवालको कपडाहरु बरामद गरेको हो । बरामद गरिएका करिव ४ लाख ३४ हजार मूल्य बराबरका कपडाहरु आवश्यक कारवाहीको लागि सेतुबन्ध भन्सार कार्यालय सुनसरीमा बुझाएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्