झापा , फागुन १४ । मोरङको सुनवर्षी नगरपालिका-२ बाट प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित १ जना र केराबारी गाउँपालिका-६ बाट लागूऔषध गाँजासहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ।

शनिबार बेलुका प्रहरी चौकी अमरदहबाट खटिएको गस्ति टोलीले चेक जाँचको क्रममा प्रदेश ०१-०२-०४८ प ३९४३ नम्बरको मोटर साईकल चालक सुनवर्षी-५ का २८ बर्षीय उपेन्द्र साहको साथबाट १ ग्राम ३० मिलिग्राम ब्राउनसुगर, डिजिटल तराजु १ थान र नगद ४२ हजार ६ सय रुपैया पक्राउ गरेको हो । यसैगरी केराबारी-६ का ५० बर्षीय गुर्माछान मगरले आफ्नै घरमा गाँजा बिक्रि गरिरहेको अवस्थामा १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगर बाट खटिएको (च्क्ष्त्) प्रहरी टोलीले उनलाई ३०० ग्राम गाँजासहित नगद ६७ हजार ७ सय रुपैयासहित पक्राउ गरेको हो । लागूऔषधसहित पक्राउ परेका उनीहरुको सम्बन्धित प्रहरी कार्यालयबाट थप अनुसन्धान भईरहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्