एजेन्सी । लियोनल मेस्सीको कीर्तिमानी गोलमा पेरिस सेन्ट जर्मन (पीएसजी)ले फ्रेन्च लिग वानमा सहज जित निकालेको छ ।

आइतबार राति भएको खेलमा पीएसजीले मार्सेलीमाथि ३-० गोलको जित निकालेको हो । पीएसजीको जितमा केलियन एम्बाप्पेले दुई गोल गरे । त्यस्तै लियोनल मेस्सीले एक गोल गरे । खेलको २५ औं मिनेटमा एम्बाप्पेले गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए । खेलको २९ औं मिनेटमा मेस्सीले गोल गर्दै पीएसजीको अग्रता दोब्बर बनाए । मेस्सीको क्लब करियरमा यो ७०० औं गोल हो । फुटबल क्लब करियरमा नयाँ कीर्तिमान पनि बनाएका हुन् । पीएसजीका लागि एम्बाप्पेले खेलको ५५ औं मिनेटमा गोल गर्दै टिमलाई ३-० गोलको जित दिलाए । जितसँगै पीएसजीले २५ खेलबाट ६० अंक जोडेको छ । पीएसजी तालिकाको शीर्ष स्थानमा छ । पराजित मार्सेली ५२ अंक जोडेर तालिकाको दोस्रो स्थानमा छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्