झापा , फागुन १५ । झापा र सुनसरीको छुट्टाछुट्टै स्थानबाट प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।

आईतबार लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टा र ईलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरी टोलीले झापाको मेचिनगर नगरपालिका-१० नागाडुब्बाका ४८ बर्षीय कृष्ण राजवंशीको घरको कोठा खानतलासी गर्दा १ ग्राम ब्राउनसुगर बरामद गरेको हो भने सुनसरीको इटहरी उप-महानगरपालिका-४ मा लागूऔषध बिक्री वितरण भईरहेको छ भन्ने विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरी टोलीले दमक नगरपालिका-१ झापाका बदन लिम्बूले बोकेको झोला चेक जाँच गर्दा झोलामा प्रतिबन्धित औषधीLUPIGESIC, DIAZEPAM र PHENERGAN गरी १ सय ८८ एम्पुल बरामद गरेको हो । प्रतिबन्धित लागूऔषधसहित पक्राउ परेका उनीहरुको सम्बन्धित कार्यालयबाट थप अनुसन्धान भईरहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्