झापा, फागुन १७ । प्रदेश १ को नामकरणका लागि प्रदेशसभा बैठक सुरू भएको छ ।

नामकरणका लागि सत्तारूढ दल एमालेले कोशी प्रदेश र विपक्षी दल नेकपा (एकीकृत समाजवादी) र सत्तारूढ दल जनता समाजवादी पार्टीले किरात–लिम्बुवान–सगरमाथा प्रदेशका लागि प्रदेशसभा सचिवालयमा प्रस्ताव दर्ता गराएका छन् । ६ वटा प्रदेशले अघिल्लो कार्यालयमै नामकरण गरेपनि प्रदेश १ ले नाम राख्न नसकेकोमा आलोचना खेप्दै आएको छ । प्रदेशसभाको नामकरणका लागि प्रदेशसभामा कायम रहेका दुईतिहाई सांसदको समर्थन हुनुपर्ने संबैधानिक व्यवस्था छ ।
प्रदेश नामकरणका लागि ६३ जना सांसद आवश्यक हुन्छ । प्रदेशसभामा एमालेका ४०, कांग्रेसको २९, माओवादीको १३, राप्रपाको ६, नेकपा एसको ४ र जसपाको १ जना सांसद छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्