झापा,फागुन १७ । प्रदेश १ को नाम ‘कोशी प्रदेश’ दुईतिहाई बहुमतले पारित भएको खुशीयालीमा प्रदेश सरकारले भोलि बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

प्रदेश सचिव उमेश बस्नेतले एक सूचना जारी गरी प्रदेश सभाको बुधवार बसेको बैठकबाट प्रदेश नं. १ को नाम कोशी प्रदेश राख्ने प्रस्ताव पारित भएकाले प्रदेशको नामकरण भएको उपलक्ष्यमा प्रदेशका सम्पूर्ण बासिन्दाहरुलाई हार्दिक बधाई ज्ञापन गर्दै प्रदेशभित्रका सबै सरकारी कार्यालय, सार्वजनिक संस्थान, प्रतिष्ठान र शैक्षिक संस्थाहरुलाई फागुन १८ गते विहिवार सार्वजनिक विदा दिने प्रदेश सरकार (मन्त्रिपरिषद्) बाट निर्णय भएको जनाएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्