झापा,फागुन १८ । प्रदेश १ को नाम ‘कोशी प्रदेश’ दुईतिहाई बहुमतले पारित भएको खुशीयालीमा प्रदेश सरकारले आज सार्वजनिक बिदा दिने निर्णय गरेपनि झापाका शिक्षण संस्थाहरु संचालन भएका छन् ।

हिजो राति अबेर विदा घोषणा गरिएकाले विद्यालय , कलेजहरुले कार्यान्वयन गर्न नसकेका हुन् । स्कूल वस विद्यार्थी लिन गइसकेको र कुनै सूचना हिजो रातिसम्म थाहा नभएकोले आज विहीवार कलेज स्कूल लगाएको कंचनजंघा अंग्रेजी माध्यमिक विद्यालयका संस्थापक अध्यक्ष गुरुभक्त न्यौपानेले बताए ।

त्यस्तै राति अबेर घोषणा गरिएको विदाका बारेमा विद्यालयका विद्यार्थी र शिक्षकहरुलाई सूचित गराउन नसक्दा आफ्नो विद्यालय पनि लाग्ने बिर्तामोड १० स्थित विष्णु भगवती अंग्रेजी विद्यालयका प्रिन्सिपल पुण्य उप्रेतीले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्