झापा, फागुन १९ । मेची पुलमा प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित दुई युवायुवती पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा मेचीनगर नगरपालिका वडा नं.६ गैरीगाउँ बस्ने २० वर्षिया सन्ध्या दर्जी र अर्जुनधारा नगरपालिका वडा नं. ११ बुट्टाबारी बस्ने ३६ वर्षिय सागर गिरी रहेका छन् । हिजो साँझ ६.३० बजेको समयमा ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले जिल्ला मेचीनगर नगरपालिका वडा नं.६ मा भारतबाट नेपालतर्फ पैदल आउँदै गरेकी दर्जीलाई शंका लागेर चेकजाँच गर्दा उनको साथबाट ३ ग्राम ब्राउनसुगर फेला परेको थियो ।

त्यसैगरी हिजो साँझ ६.४५ बजेको समयमा मेचीनगर नगरपालिका वडा नं.६ मा भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका गिरीलाई शंका लागेर चेकजाँच गर्दा उनको साथबाट १ ग्राम ७०० मिलिग्राम ब्राउनसुगर फेला परेको थियो । दुवै जनालाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्