झापा, फागुन १९ । गएराति सम्पन्न बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सवमा करिव एक करोड रुपैयाँ टिकट बिक्रीबाट आम्दानी भएको छ ।

हिजो अन्तिम दिन मात्र करिव १६ लाख रुपैयाँको टिकट बिक्री भएको हो । हिजो अन्तिम दिन गायक प्रमोद खरेल आउँदा करिव ८ हजार टिकट बिक्री भएको बिर्तामोड उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष तथा महोत्सव मूल आयोजक समितिका संयोजक राजु न्यौपानेले बताए । उनले त्यसको अघिल्लो दिन दीपक बज्राचार्य आउँदा करिव ६ लाख रुपैयाँको टिकट बिक्री भएको बताए । शुरुदेखि अन्तिम दिनसम्म करिव एक करोड रुपैयाँको आम्दानी टिकट बिक्रीबाट भएको उनले जानकारी दिए ।
गत फागुन ५ गतेखि बिर्तामोड उद्योग वाणिज्य संघले महोत्सव सञ्चालन गरेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्