बिर्तामोड, फागुन १९ । नेपाली विद्यार्थीलाई बेलायतमा निःशुल्क नर्सिङ पढ्ने अवसर आएको छ ।

कक्षा ११ र १२ उत्तीर्ण गरी बेलायतमा बिएससी नर्सिङ अध्ययन गर्न चाहने दुई सय नेपाली बिद्यार्थीलाई पूर्ण छात्रबृत्ति प्रदान गरिने भएको हो । छात्रबृत्तिका लागि विभिन्न मापदण्ड तोकिएको छ । कक्षा ११ र १२को नतिजामा बायोलोजी र केमिस्ट्रीमा ७० प्रतिशत अंकसहित कूल ७० प्रतिशत अंक प्राप्त गरेको हुनुपर्ने र IELTS को प्रत्येक शिर्षकमा ६.५ अंक ल्याएर उत्तीर्ण गरेको हुनुपर्नेछ । सन् २०२३ लाई लक्षित गरी बेलायतको युनिर्भसिटी साउथ वेल्सले दुई सय नेपाली विद्यार्थीलाई पूर्ण छात्रबृत्ति प्रदान गर्न लागेको राइट एजुकेशनल सर्भिसेस बिर्तामोडले जनाएको छ ।

बिहीवार पत्रकार भेटघाट गरी राइट एजुकेशनल सर्भिसेसका प्रबन्ध निर्देशक नबिन बोहोराले बिएससी नर्सिङ अध्ययनका लागि जाने बिद्यार्थीले ३ बर्ष अध्ययन र त्यसपछि २ बर्ष काम गर्ने अवसर पाउने बताए । अध्यनका लागि जाने बिद्यार्थीले फारम भर्ने अन्तिम मिति २७ मार्चसम्म रहेको जनाइएको छ । आफ्नो कन्सल्टेन्सीबाट फारम वितरण भइरहेको उनले जानकारी दिए । राइट एजुकेशनल सर्भिसेसले अस्टे«लिया, युएसए, बेलायत, क्यानडा, न्युजिल्याण्डलगायतका देशहरुमा अध्ययनका लागि जाने बिद्यार्थीलाई शैक्षिक परामर्श दिँदै आएको प्रबन्ध निर्देशक बोहोराले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्