बिर्तामोड , फागुन १९ । छठ समाज सेवा समिति बिर्तामोडको नयाँ कार्यसमिति चयन भएको छ ।

संस्थाको चौधौँ वार्षिक साधारण सभा तथा अधिवेशनले रामेश्वर द्विवेदीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । जसको वरिष्ठ उपाध्यक्षमा संगिता रौनियार , उपाध्यक्ष राजकुमार साह,मनोज रौनियार ,शंकर भगत,महासचिव अशोक चौधरी,सचिव जयकुमार झा,कोषाध्यक्ष वरुणकुमार जयसवाल ,सहकोषाध्यक्ष संजय चौधरी ,जनसम्पर्क अधिकारी बिक्की चौधरी तथा सदस्यहरुमा मनोज चौधरी, दिपक साफी,प्रमोद चौधरी ,लालबाबु साह,नरेश साह,कृष्णा श्राफ,बिजय चौधरी रहेका छन् । त्यस्तै लेखा समितिको संयोजकमा अनन्तलाल महतो तथा सदस्यमा दिलिप दास र अखिलेस भगत रहेका छन् । नयाँ समिति चयन गर्न घनश्याम चौधरीको संयोजकत्वमा प्रेमचन्द्र चौधरी,देवेन्द्रकुमार सिंह ,शत्रुधन चौधरी ,उपेन्द्र प्रधान सदस्य रहेको निर्वाचन समिति बनाइएको थियो ।

छठ समाज सेवा समितिका अध्यक्ष राजकुमार गुप्ताको अध्यक्षता तथा प्रदेश सांसद एकराज कार्कीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा प्रमुख अतिथि कार्की , नेपाली कांग्रेसका दीपक तामाङ, भगिरथ पोद्धार , एमालेका सुवास भट्टराई , राप्रपाकी रन्जु प्याकुरेल,बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटी, वरिष्ठ उपाध्यक्ष राजु न्यौपाने , पूर्व अध्यक्ष बलराम कार्कीलगायतले शुभकामना मन्तव्य राखेका थिए ।कार्यक्रममा उत्कृष्ट काम गरेवापत संस्थाका महासचिव मनोज रौनियार र वरिष्ठ सदस्य वरुणकुमार जयसवाललाई सम्मान गरिएको थियो । त्यस्तै पत्रकार तुलसी निरौलालाई पनि सम्मान गरिएको थियो । कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष संगिता रौनियारले गरेकी थिइन् ।

नयाँ कार्यसमिति चयनपछि होली मिलन समारोह तथा पद हस्तान्तरण कार्यक्रम गरिएको थियो । राजकुमार गुप्ताको अध्यक्षतामा भएको सो कार्यक्रमको प्रमुख अतिथि बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला रहेका थिए ।कार्यक्रममा वडा अध्यक्षहरु राहुल शर्मा,रोहित प्रसाई , समाजसेवी राजकुमार पोखरेल, अग्रसेन भवनका अध्यक्ष सुरेशकुमार अग्रवाल ,डा. गौरीशंकर झा,डा. सुवेस सौरभ ,डा. संजय गुप्ता , लायन्स क्लब अफ बिर्तामोड सिटीका चार्टर्ड प्रेसिडेन्ट निरज ओली, नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष मोहन सुब्बालगायतको उपस्थिति रहेको थियो ।