झापा, फागुन २० । झापा दमक ४ की एक जना १५ बर्षिया किशोरी आफ्नी आमाको दशगात्र किरियामा बसेकी छन् ।


स्थानीय एक बोर्डिङ स्कूलमा कक्षा १० मा अध्ययनरत उषा श्रेष्ठ आमा सुनिता श्रेष्ठको निधनपछि १० दिन अघिदेखि काजकिरियामा बसेकी हुन् । बुबा रतन श्रेष्ठ र आमा सुनिताको कोखबाट जन्मिएकी एक मात्र सन्तान हुन् उषा । उनकी आमा सुनिताको ३८ बर्षको अल्पायुमा निधन भएको हो ।

उनलाई नेवारी परम्परा अनुसार नेवारी पुरोहित (गुवाजु) प्रेमकुमार श्रेष्ठले काजकिरिया गराइरहेका छन् । स्वर्गीय सुनिताको कोखबाट अन्य छोराछोरी कोही नभएका कारण एक मात्रै छोरी उषाले कोरामा बसेर आशोच बारिरहेको उनका उषाका हजुरबुबा ७६ बर्षिय लालसुन्दर श्रेष्ठले बताए ।

श्रेष्ठले आफ्नो समुदायमा छोरीले आमाको किरिया गरेको आफ्नी नातिनी उषा पहिलो हुन सक्ने अनुमान लगाएका छन । उनले परम्परा अनुसार १३ औं दिनसम्म नै बुहारीको किरियामा नातिनी बस्ने बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्