झापा , फागुन २४ । दुर्गा प्रसाईंले घोषणा गरेका युवा दस्ताका केन्द्रीय संयोजक शम्भु थापा पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनको टोलीले मंगलबार दिउँसो उनलाई पक्राउ गरेको हो । उनलाई सोधपुछका लागि नियन्त्रणमा लिइएको चितवन प्रहरीले जनाएको छ । गएको फागुन १३ गते चितवनमा प्रसाईंले आयोजना गरेको कार्यक्रममा थापालाई युवा दस्ताको केन्द्रीय संयोजक घोषणा गरेका थिए । झापामा अस्पतालको व्यवसाय गर्ने प्रसाईंले पछिल्लो समय बैंक तथा वित्तीय संस्थाको ब्याज नतिर्नेलगायत घोषणा गरेका छन् । प्रसाईंले गर्दा बैंकिङ क्षेत्रमा अराजकता बढेको बुझाइ बैंक तथा वित्तीय संस्थाको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्