झापा, फागुन २४ । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका विरुद्धमा हत्या अभियोगसहितको मुद्धा दर्ता गरिएकोमा त्यसको प्रतिवाद गर्न पार्टीले कार्यकर्ताहरुलाई अपिल गरेको छ ।

फाइल फोटो

नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति झापाले यस्ता गलत क्रियाकलापको विरुद्धमा सशक्त प्रतिवाद गर्नका लागि पार्टीसम्वद्ध सबै संगठनलाई अपिल गरेको हो । यस्तो गलत निर्णय सच्याई बृहत शान्ति सम्झौताको अक्षरसः पालना गर्न जिल्ला समतिले सचेतसमेत गराएको छ ।

संयोजक राजु आचार्य (अग्नि) र सचिव मोहन टुडूद्वारा जारी विज्ञप्तिमा दशवर्षे जनयुद्धको क्रममा भएका घटनाहरुको सम्बन्धमा बृहत शान्ति सम्झौताले निर्देशित गरेबमोजिम सत्यनिरुपण तथा वेपत्ता छानविन आयोग गठन भई उक्त आयोगले संक्रमणकालीन न्यायिक कारवाही सम्पन्न गर्न लामो समयदेखि क्रियाशील भइरहेको परिप्रेक्षमा उक्त आयोगको अधिकारक्षेत्र भित्रका विषयहरुलाई प्रतिकुल असर पर्नेगरी कुनै पनि अधिकारक्षेत्र ग्रहण गर्न, कारवाही अगाडी बढाउन र सो सम्बन्धमा कुनै निर्णय गर्न नमिल्ने स्मरणसहित सचेत गराइएको छ ।

संक्रमणकालिन न्यायको मूल्य मान्यताविपरित हुने कार्यहरु र गतिविधिले मुलुकमा स्थापित शान्ति प्रक्रियामा गंभीर चुनौती हुने हुँदा नेपालमा हाल स्थापित शान्ति सम्झौताका पक्षधर राजनीतिक पार्टीहरु, शान्ति पक्षधर आम जनसमुदाय एकजुट हुन विज्ञप्तिमा आह्वान गरिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्