झापा , फागुन २४ । एएफसी यू-२० महिला एसियन कप छनोटको पहिलो खेलमा नेपालले आज बुधबार प्यालेस्टाइनसँग खेल्दैछ ।

फैजल अल हुसेनी अन्तराष्ट्रिय रंगशालामा हुने नेपाल र प्यालेस्टाइनबीचको खेल नेपाली समय अनुसार साँझ ६ः४५ बजे सुरु हुनेछ । नेपाल प्यालेस्टाइनलाई हराएर सुखद सुरुआतको योजनामा रहेको छ । प्यालेस्टाइन पनि जितबाट छनोटको यत्र गर्न चाहन्छ । समूह ’बी’ मा नेपाल, प्यालेस्टाइन र नर्दन मारियाना आइल्याण्ड रहेको छ । युएईले प्रतियोगिताबाट नाम फिर्ता गरिसकेको छ । दोस्रो खेलमा नेपालले नर्दन मारियानासँग सोमबार खेल्नेछ । छनोटबाट समूह विजेताले दोस्रो चरणमा स्थान बनाउने छन् । दोस्रो चरण जुन ३ देखि ११ सम्म हुनेछ । जसबाट उत्कृष्ट ४ टोलीले उज्वेकिस्तानमा हुने यू-२० महिला एसियन कप खेल्नेछ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्