झापा, फागुन २६ ।कोशी प्रदेश खारेजीको माग गर्दै किरात मोर्चाले पूर्वी नेपालमा आज आह्वान गरेको बन्दको प्रभाव सामान्य परेको छ ।

फाइल फोटो

बन्दको तराईमा खासै प्रभाव नपरेको प्रहरीले जनाएको छ । झापामा साविक रुपमा यातायात संचालन भइरहेको जिल्ला प्रहरी कार्यालयका डीएसपी खगेन्द्र रिजालले बताए । उनले पहाडी जिल्लाबाट भने यातायातका साधन नछुटेको जानकारी दिए । प्रदेश सभाले १ नम्बर प्रदेशलाई कोशी प्रदेश नामकरण गरेपछि आपत्ति जनाउँदै राई , लिम्बूलगायतका केही जनजातिहरु किरात प्रदेशको मागसहित आन्दोलित छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्