बिर्तामोड , फागुन २६ । बिर्तामोड नगरपालिका ८ नं वडा कार्यालयले गंभीर प्रकृतिका ९ जना विरामीलाई दश हजारका दरले नगद सहयोग गरेको छ ।

शुक्रवार बिरामीको घरघरमै पुगेर वडाध्यक्ष अजय कार्की नेतृत्वको टोलीले नगद सहयोग गरेको होे । यसरी सहयोग पाउनेहरुमा ब्रेन ट्युमरका विरामी मुना घिमिरे , क्यान्सरपीडितहरु सुमित्रा बाँस्तोला, सुरज सन्थाल , निमा निरौला ,ज्योति गौतम , मिर्गौला रोगी तिला बाँस्तोला ओली,प्यारालाइसिस भएका मदन दर्जी ,हेपाटाइटिस बी भएका भिम बुढाथोकी र एपेन्डिसाइड भएका मनकुमार कार्की रहेका छन् ।

सहयोग हस्तान्तरण कार्यक्रममा वडा सदस्यहरु इन्दिरा पाण्डे ,सोयालाल राजवंशी , लक्ष्मी नेपाली र अग्नी सिटौलाको उपस्थिति रहेको थियो । आफ्ना वडाभित्र रहेका गंभीर प्रकृतिका अन्य असहाय रोगीहरुलाई पनि नगद सहयोग गर्ने कार्यक्रम रहेको वडाध्यक्ष कार्कीले बताए । यसअघि जाडो मौसममा वडा कार्यालयले अपांगता भएका सम्पूर्ण व्यक्तिहरुलाई न्यानो लुगा वितरण गरेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्