झापा, फागुन २७ । नेकपा एमालेले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ ।

पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले शनिबार बिहान बसेको सचिवालय बैठकले शाक्यलाई उम्मेदवार बनाउने निर्णय गरेको जानकारी दिए ।
शाक्यलाई सर्वसम्मत रूपले उम्मेदवार बनाउने निर्णय भएको उपमहासचिव ज्ञवालीले बताए । नेपाली महिला आन्दोलनमा लामो समय सक्रिय शाक्य वाग्मती प्रदेशकी पूर्वमुख्यमन्त्रीसमेत हुन् । उनी नेपालको पहिलो महिला मुख्यमन्त्रीसमेत हुन् ।

एमाले उपमहासचिव ज्ञवालीले गाउँपालिका, नगरपालिकादेखि नै अध्यक्ष÷उपाध्यक्ष, प्रमुख÷उपप्रमुखमध्ये एक जना महिला अघि सारेको सन्दर्भलाई लिएर राष्ट्रपति र उपराष्ट्रपतिमध्ये एकजना महिला हुनुपर्ने कुरालाई अन्देखा गर्न नमिल्ने बताए । पुरुषलाई नै दुई वटै पदमा उठाउने कुरा संविधान विपरीतको कुरा भएको उनको भनाइ छ । उपराष्ट्रपति पदका लागि आज निर्वाचन आयोगले उम्मेदवारी दर्ताको समय दिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्