झापा, चैत १ । चैत ५ गते निर्धारित स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि झापाका १० वटा क्याम्पसमा चुनावी चहलपहल बढेको छ ।

जिल्लाका १३ वटा क्याम्पसमध्ये तीनवटामा तालाबन्दी छ । नेपाल विद्यार्थी संघ, अनेरास्ववियु, अनेरास्ववियु (क्रान्तिकारी), राप्रविसं,एकीकृत समाजवादीनिकट अनेरास्ववियुलगायतका संगठनले उम्मेदवारी दर्ता गराएका छन् । कतिपय क्याम्पसमा विद्यार्थी संगठनहरुले तालमेल गरेका छन् भने कतिपय क्याम्पसमा एक्लै भिडेका छन् । तर, मुख्य प्रतिष्पर्धा अनेरास्ववियु र नेविसंघबीच देखिएको छ । झापाको मेची बहुमुखी क्याम्पस भद्रपुर, त्रिदेव क्याम्पस चारआली, इन्द्रचन्द्र क्याम्पस बिर्तामोड, कनकाई आदर्श क्याम्पस बिर्तामोड, कनकाई बहुमुखी क्याम्पस सुरुङ्गा, दमक क्याम्पस, गौरीगञ्ज बहुमुखी क्याम्पस, सीतारमेश क्याम्पस बुधबारे, शनिश्चरे बहुमुखी क्याम्पस, गौरादह कृषि क्याम्पसमा स्ववियु निर्वाचन हुँदैछ । विद्यार्थी संगठनहरुले तालाबन्दी गरेपछि काँकडभिट्टा बहुमुखी क्याम्पस, गौरादह बहुमुखी क्याम्पस र गरामनी क्याम्पसमा स्ववियु निर्वाचन अन्यौलमा परेको छ ।

मेची क्याम्पसमा दुई प्यानलसंग नेविसंघ एक्लै भिड्दै
साविक मेची अंचलको पुरानो र ठूलो क्याम्पस मेची बहुमुखी क्याम्पस भद्रपुरमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा त्रिपक्षीय भिडन्त हुने भएको छ ।
कम्युनिष्ट पार्टीनिकट विद्यार्थी संगठनलगायतले दुईवटा प्यानल बनाउँदा नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थी संघ एक्लै निर्वाचनमा होमिएको छ । नेकपा एमालेनिकट अनेरास्ववियु र राप्रपानिकट राप्रविसंले संयुक्त प्यानल बनाएका छन् । अनेरास्ववियु प्रगतिशील संयुक्त संगठन नाम दिइएको सो प्यानलबाट सन्देश धमलाले अध्यक्षमा उम्मेदवारी दिएका छन् । त्यस्तै सचिवमा विदन राई , कोषाध्यक्षमा अनिल चौहान तथा सदस्यहरुमा गौरव लुइटेल , सुदिप लिम्बू ,आशिष खरेल , अनुशा भण्डारी , प्रन्सल मगर,उद्देश्य भण्डारी, प्रिया रणपहेली र मुकुन्द घिमिरेले उम्मेदवारी दिएका छन् ।

त्यस्तै नेकपा माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारी र एकीकृत समाजवादीनिकट अनेरास्ववियुले अर्को प्यानल बनाएका छन् । सो अखिलको स्वतन्त्र संयुक्त प्यानलबाट विशाल गिरीले अध्यक्षमा उम्मेदवारी दिएका छन् । जसका तर्फबाट सचिवमा सन्देश विश्वकर्मा ,कोषाध्यक्षमा पर्वत खतिवडा तथा सदस्यहरुमा मनसन पौडेल, सन्दिप आचार्य ,हरदेवसिंह राजवंशी र आर्यन श्रेष्ठ उम्मेदवार बनेका छन् । त्यस्तै सिंगल उम्मेदवारी दिएको नेविसंघबाट भने अध्यक्षमा किशोर ढुंगानाले मनोनयन दर्ता गराएका छन् भने सचिवमा भिष्म घिमिरे , कोषाध्यक्ष निलम कार्की तथा सदस्यहरुमा सौरभ ओस्ती , विवेक तामाङ, प्रजिन खतिवडा, बर्षा एक्तेन, भिमार्जुन गिरी ,शिशिर भट्टराई ,प्रतिक शाह रौनियार र विवेक ढकालको उम्मेदवारी परेको निर्वाचन अधिकृत डा. कृष्ण भट्टराईले बताए । चारवटा मतदान केन्द्र तय गरिएको मेची बहुमुखी क्याम्पसमा ३ हजार ११४जना विद्यार्थी रहेका छन् ।

कन्काई आदर्श क्याम्पसमा अध्यक्षमा तीनजनाको उम्मेदवारी
बिर्तामोडस्थित कन्काई आदर्श क्याम्पसमा हुन लागेको स्ववियु निर्वाचनमा अध्यक्षमा चारजनाको उम्मेदवारी परेको छ । त्यहाँ नेविसंघ एक्लै चुनावमा होमिएको छ । नेविसंघका तर्फबाट अध्यक्षमा किरण गुरुङ, सचिव विमल कट्टेल,कोषाध्यक्ष सम्पदा पोख्रेल तथा सदस्यहरुमा साजन लिम्बू , इशान ओली, रोशन कार्की, दिव्यकला कार्की, कुशल खनाल, मनिष कोइराला, विधान लिम्बू थेवे र रोहित काफ्ले उम्मेदवार बनेका छन् ।

त्यस्तै अनेरास्ववियु र राप्रविसंको संयुक्त प्यानलका तर्फबाट अध्यक्षमा गणेश न्यौपाने (पुकार),सचिव ओसिन तामाङ ,कोषाध्यक्ष कृष्ण अग्रवाल तथा सदस्यहरुमा सविता गिरी, अन्जार आलम, इना सुवेदी, टामन अधिकारी , दिपेन्द्र बराल , मनोज राजवंशी, मदनकुमार चुँडाल र पुजा दुलालको उम्मेदवारी परेको छ । त्यस्तै अखिल क्रान्तिकारीका तर्फबाट अध्यक्षमा लक्ष्मण थापा,सचिव नविन पौडेल,कोषाध्यक्ष लिजा दाहाल तथा
सदस्यहरुमा नविन अधिकारी, सुष्मा भट्टराई, सन्जिप प्रधान, प्रदिप आचार्य, सरोज सापकोटा र टिकाराम दर्जीको उम्मेदवारी परेको छ ।स्वतन्त्र रुपमा विशाल पौडेलले अध्यक्षमा उम्मेदवारी दिएका छन् । दुईवटा मतदान केन्द्र तय गरिएको कन्काई क्याम्पसमा १ हजार ८६१ जना मतदाता विद्यार्थी रहेका छन् ।

इन्द्रचन्द्र क्याम्पसमा चार जनाको उम्मेदवारी
बिर्तामोडस्थित इन्द्रचन्द्र क्याम्पसको स्ववियु अध्यक्षका लागि चारजनाले उम्मेदवारी दिएका छन् ।
अनेरास्ववियु , नेविसंघ ,अखिल क्रान्तिकारी र एकीकृत समाजवादी पार्टीनिकट अनेरास्ववियुका तर्फबाट अध्यक्षमा उम्मेदवारी दर्ता भएको हो । अनेरास्ववियुका तर्फबाट निर्मल विश्वकर्मा , नेविसंघका तर्फबाट पवन दाहाल , अखिल क्रान्तिकारीका तर्फबाट सुरेन्द्र गिरी र एकीकृत समाजवादीनिकट अनेरास्ववियुका तर्फबाट निकिता कट्टेलले अध्यक्षमा उम्मेदवारी दिएका हुन् । अनेरास्ववियु र नेविसंघले सबै पदमा उम्मेदवारी दिइरहँदा अखिल क्रान्तिकारीले अध्यक्ष , सचिव र तीन सदस्यमा मात्र उम्मेदवारी दिएको छ । एकीकृत समाजवादीनिकट अनेरास्ववियुले भने अध्यक्षमा मात्र उम्मद्वारी दिएको छ । अनेरास्ववियुका तर्फबाट अध्यक्षमा निर्मल विश्वकर्मा , सचिव मन्जु रिजाल, कोषाध्यक्ष गौरव भण्डारी तथा सदस्यहरुमा स्वस्तिका महर्जन,भूमिका गिरी,आकाश थापा, अमिश भुजेल,उज्वल घिमिरे ,मीना श्रेष्ठ र रामकाजी गिरीको उम्मेदवारी परेको छ । त्यस्तै नेविसंघका तर्फबाट अध्यक्षमा पवन दाहाल, सचिव श्रीजित ढुंगाना, कोषाध्यक्ष शितल गुरुङ तथा सदस्यहरुमा सन्जु बास्के ,रबिन खड्का ,वृन्दा तामाङ, ज्ञानबहादुर फत्र ,पवन अधिकारी ,समीक्षा आचार्य र नितेश पोखरेल उम्मेदवार बनेका छन् । त्यस्तै अखिल क्रान्तिकारीका तर्फबाट अध्यक्षमा सुरेन्द्र गिरी, सचिव सुजन दाहाल तथा सदस्यहरुमा सिल्भिया राई र नम्रता राईको उम्मेदवारी परेको छ । एकीकृत समाजवादीनिकट अनेरास्ववियुका तर्फबाट अध्यक्षमा मात्र निकिता कट्टेलले उम्मेदवारी दिएकी छन् । त्यहाँ १ हजार ५०८ जना विद्यार्थी मतदाता रहेका छन् । उनीहरुका लागि दुईवटा मतदान केन्द्रको व्यवस्था गरिएको छ ।

गौरीगञ्ज क्याम्पसमा रोशन र ईस्तवबीच प्रतिस्पर्धा हुने
गौरीगञ्ज बहुमुखी क्याम्पसमा नेविसंघ र अखिल क्रान्तिकारीबीच तालमेल भएको छ ।नेविसंघका तर्फबाट अध्यक्षमा रोशन यादव, सचिवमा रमेशप्रसाद ताजपुरिया तथा सदस्यहरूमा दिल्लीप्रसाद राजवंशी, देविका राजवंशी, निराजन सिंह गन्गाईले उम्मेदवारी दिएका छन् । स्वतन्त्ररूपमा कोषाध्यक्ष पदमा रेनुका राजवंशीले उम्मेदवारी दर्ता गरेकी छन् । अनेरास्ववियुका तर्फबाट अध्यक्ष पदमा ईस्तव हुसेनले उम्मेदवारी दर्ता गरेका छन् । त्यसैगरी सचिवमा निरबहादुर प्रधान, कोषाध्यक्ष पदमा निरज माझी तथा सदस्यहरुमा ममताकुमारी राजवंशी, समीक्षा कटुवाल र कृष्णप्रसाद गन्गाईको उम्मेदवारी परेको छ । त्यहाँ २०२ जना विद्याथीृ रहेका छन् । उनीहरुको लागि एउटा मतदान केन्द्रको व्यवस्था गरिएको छ ।
गौरीगञ्ज बहुमुखी क्याम्पसको स्ववियुमा यसअघि पनि नेविसंघ अध्यक्ष जितेको थियो ।

कनकाई क्याम्पस सुरुङ्गामा ३ प्यानलबीच प्रतिस्पर्धा
कनकाई बहुमुखी क्याम्पस सुरुङ्गाको स्ववियु निर्वाचनमा नेविसंघ, अखिल क्रान्तिकारी र राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनबीच चुनावी तालमेल बनेको छ । नेविसंघ, अखिल क्रान्तिकारी र राप्रविसंको तर्फबाट अध्यक्षमा नेविसंघका कुवेरनाथ दाहाल, सचिवमा बासुदेव निरौला र कोषाध्यक्षमा रेसिका उप्रेती तथा सदस्यहरुमा सरिफ अली, प्रविन राई, नविनकुमार ताती, अभिशेख मैनाली, विना रेग्मी, बन्दना गौतम र अस्मिता सापकोटाले उम्मेदवारी दर्ता गराएका छन् ।
यसैगरी अनेरास्ववियु सिंगल प्यानल बनाएर निर्वाचनमा होमिएको छ । जसमा अध्यक्षमा चेतन आचार्य, सचिवमा मौसम अधिकारी, कोषाध्यमा प्रिया पुरी तथा सदस्यहरुमा निकिता कार्की, मिना ढुङ्गेल, रोहन कोइराला, जोमर अली, मनिश दर्जी, मदन उप्रेती र प्रकाश गौतम रहेका छन् । यसैगरी स्वतन्त्रबाट अध्यक्षमा डिल्लीराम खरेल, कोषाध्यक्षमा प्रतिक ढकालले उम्मेदवारी दिएका छन् । यसैगरी संघिय विद्यार्थी युनियनले अध्यक्षमा खाली छाडेर सचिवमा प्रतिमान शेर्पा तथा सदस्यहरुमा कोपिला चेम्जोङ, योमन थेबे, मनिका सुनुवार, सीता मर्डी, आदिती लिम्बू, मनिता अधिकारी र शिल्पा बस्नेतलाई उठाएको छ । त्यहाँ १ हजार ३७१ जना विद्यार्थी छन् । तीनवटा मतदान केन्द्रको व्यवस्था गरिएको छ ।

दमक बहुमुखीमा नेविसंघ र अनेरास्ववियुबीच प्रतिस्पर्धा

दमक बहुमुखी क्याम्पसमा हुने स्ववियु निर्वाचनमा नेविसंघ र अनेरास्ववियुबीच प्रतिस्पर्धा हुने देखिएको छ । यी दुई संगठनले नेतृत्व लिँदै अन्य संगठनहरुसँग पनि चुनावी तालमेल गरेर चुनावी प्रतिस्पर्धामा होमिएका छन् । नेविसंघको नेतृत्वमा एकीकृत समाजवादीनिकट अनेरास्ववियु, विप्लव नेतृत्वको नेकपानिकट अखिल क्रान्तिकारी र जसपानिकट विद्यार्थी संगठनबीच चुनावी तालमेल भएको छ भने नेकपा एमालेनिकट अनेरास्ववियुको नेतृत्वमा नेकपा माओवादी केन्द्रनिकट अखिल (क्रान्तिकारी) र राप्रपानिकट राप्रविसंबीच चुनावी तालमेल भएको छ ।
नेविसंघ नेतृत्वको टिमबाट अध्यक्षमा सोबिम न्यौपाने उम्मेदवार बनेका छन् । त्यस्तै दिपक मादेन सचिव र कोषाध्यक्षमा रविन अधिकारी उम्मेदवार बनेका छन । मादेन नेविसंघकै कार्यकर्ता हुन् भने अधिकारी नेकपा एस निकट अखिलका तर्फबाट उम्मेदवार बनेका छन् । सभापति पदका उम्मेदवार न्यौपाने, सचिव पदका उम्मेदवार दिपक लिम्बु , कोषाध्यक्ष पदका उम्मेदवार रविन अधिकारीसहित सदस्य पदका उम्मेदवारहरुले संयुक्त रुपमा सो प्रतिबद्धता पत्र सार्वजनिक गरेका हुन ।
न्यौपाने नेतृत्वको टिमबाट सदस्यहरुमा हेमन्त सिटौला, हिमांसु जयसवाल, रविना प्रसाई,सायन साम्पाङ,सन्दिप खडका, कैलाश राई, सविन गौतम र देवेन्द्र पौडेल उम्मेदवार बनेका छन् ।
त्यस्तै एमालेनिकट अनेरास्ववियू, माओवादीनिकट अखिल क्रान्तिकारी र राप्रपा निकट राप्रविसंबीचको तालमेलबाट अखिलले स्ववियू अध्यक्षमा निशेष राई (नितेस ) लाई उम्मेदवार बनाएको छ । राप्रविसंबाट सचिवमा रविन ढकाल र अखिल क्रान्तिकारीबाट कोषाध्यक्षमा उमा राईले उम्मेदवारी दिएको एमाले दमक नगर कमिटी उपसचिव सन्तोष दुलालले जानकारी दिए । सदस्यहरुमा अनिस राई ,सिसम नेपाल ,राजेश थापा , निशम अधिकारी , संजय राई ,राकेश खड्का , भिष्महाङ लिम्बू र प्रविण योगी उम्मेदवार रहेका छन् ।
जिल्लाभरिमै सबैभन्दा बढी विद्यार्थी दमक क्याम्पसमा रहेका छन् । त्यहाँ रहेका ३ हजार ३०८ जना विद्यार्थीका लागि १० वटा मतदान केन्द्रको व्यवस्था गरिएको छ ।दमक बहुमुखी क्याम्पसको दुई स्ववियु निर्वाचनमा लगातार नेविसंघले जित हात पारेको थियो ।

सीतारमेश क्याम्पसमा बर्देवा र कार्की भिड्दै
बुद्धशान्तिमा रहेको एकमात्र क्याम्पस सीतारमेश बहुमुखी क्याम्पसमा समेत चुनावी माहोल तातेको छ । क्याम्पसमा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको तर्फबाट स्ववियु अध्यक्षमा प्रदिप बर्देवाले उम्मेदवारी दिएका छन् भने नेपाली काँग्रेसको विद्यार्थी संगठन नेविसंघबाट विवेक कार्कीले उम्मेदवारी दिएका छन् ।
अनेरास्ववियुबाट सचिवमा अशोक भण्डारी, कोषाध्यक्षमा रमला राई तथा सदस्यहरुमा अस्मिता चापागाईं, रोहन कुमाल(मारी), प्रकाश योञ्जन(प्रेम), राजेश खतिवडा, उर्मिला लिम्बु(एरिका)ले उम्मेदवारी दिएको सीतारमेश बहुमुखी क्याम्पस स्ववियु निर्वाचन समिति संयोजक केशव ढुङ्गेलले बताएका छन् । ४७८ जना विद्यार्थी रहेको त्यस क्याम्पसमा एउटा मतदान केन्द्रको व्यवस्था गरिएको छ ।

शनिश्चरे क्याम्पसमा अनेरास्ववियु एक्लै भिड्दै
शनिश्चरे बहुमुखी क्याम्पसमा नेविसंघ र अखिल क्रान्तिकारीको संयुक्त प्यानलसंग अनेरास्ववियु एक्लै भिड्ने भएको छ । नेविसंघ र अखिल क्रान्तिकारीका तर्फबाट अध्यक्षमा विशाल थापा, सचिव गगन चापागाँई , कोषाध्यक्ष शर्मिला न्यौपाने तथा सदस्यहरुमा देवेन्द्र गिरी ,टिकाराम दाहाल ,निमेश भण्डारी ,रविन प्रधान ,अरुण श्रेष्ठ र दिपक भट्टराईले उम्मेदवारी दिएका छन् । त्यस्तै अनेरास्ववियुका तर्फबाट अध्यक्षमा मनिष आचार्य, सचिव बादल वाग्ले , कोषाध्यक्ष सुभद्रा खतिवडा तथा सदस्यहरुमा सौरव सुवेदी , मनोज गिरी ,कुशल भण्डारी ,सिसम अधिकारी ,उर्मिला बयलकोटी,गौरव पोखरेलले उम्मेदवारी दिएका छन् । ५८६ जना विद्यार्थी रहेको त्यस क्याम्पसमा दुईवटा मतदान केन्द्र तोकिएको छ ।

त्रिदेवमा नेविसंघ र राप्रविसंघसंग अनेरास्ववियु भिड्दै
मेचीनगरको त्रिदेव क्याम्पसमा नेविसंघ र राप्रविसंघको संयुक्त प्यानलसंग अनेरास्ववियु एक्लै भिड्ने भएको छ । अनेरास्ववियुका तर्फबाट अध्यक्षमा इंगिन्द्र भण्डारी (योगेश ) , सचिव विनिता न्यौपाने , कोषाध्यक्ष ईश्वर रिजाल तथा सदस्यहरुमा भूगोल भट्टराई ,दावा तामाङ ,हरि पौडेल ,मनिसा सापकोटा ,मदन चिमरिया ,दिपा हुमागाई र कैलास रेग्मी उम्मेदवार बनेका छन् । त्यस्तै नेविसंघका तर्फबाट अध्यक्षमा अर्जुन गौतम, सचिव मनिराम विश्वकर्मा ( मनिष ) , कोषाध्यक्ष प्रविन बराल तथा सदस्यहरुमा रोशन पोखरेल ,प्रितिका नेउपाने ,सुजल अर्याल ,आरती दर्जी ,विश्वजित राजवंशी र रीता लिम्बूको उम्मेदवारी परेको छ । त्यस्तै नेविसंघसंग तालमेल गरेको राप्रविसंका तर्फबाट सदस्यमा प्रज्वल भट्टराईले उम्मेदवारी दिएका छन् । त्यस्तै स्वतन्त्र उम्मेदवार अनिस बुढाथोकीले अध्यक्षमा उम्मेदवारी दिएका छन् । १ हजार ४ जना विद्यार्थी रहेको त्यस क्याम्पसमा एउटा मतदान केन्द्र तोकिएको छ ।

गौरादह कृषि क्याम्पसको स्ववियु अध्यक्षमा दुईजनाको उम्मेदवारी
गौरादह कृषि क्याम्पसमा हुन लागेको स्ववियु निर्वाचनमा अध्यक्ष पदका लागि दुईजनाले उम्मेदवारी दिएका छन् । एक्लै निर्वाचनमा होमिएको अनेरास्ववियुका तर्फबाट अध्यक्षमा विक्रमकुमार तिवारी ,सचिव पूर्णबहादुर राना, कोषाध्यक्ष झरना सुवेदी तथा सदस्यहरुमा प्रकाश पौडेल , सविन कटुवाल , सुनिता बस्नेत , मनिचकुमार राई र रिकिताकुमारी चौधरीको उम्मेदवारी परेको छ । त्यस्तै नेविसंघका तर्फबाट अध्यक्षमा राजेन्द्र काफ्ले , कोषाध्यक्ष दिपिका खनाल तथा सदस्यहरुमा जीना खनाल , नेमिशा पौडेल र जीवन न्यौपानेले उम्मेदवारी दिइरहँदा सोही प्यानलबाट अखिल क्रान्तिकारीका दिवस पन्थी सचिव तथा सदस्यहरुमा सुलभ भट्टराईले उम्मेदवारी दिएको क्याम्पस प्रशासनका अर्जुन निरौलाले जानकारी दिए । उनका अनुसार २३५ जना विद्यार्थी रहेको त्यस क्याम्पसमा एउटा मतदान केन्द्र तोकिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्