बिर्तामोड, चैत १ । झापाको बिर्तामोडमा सञ्चालित चौथो कोशी प्रदेशस्तरीय व्याडमिन्टन प्रतियोगिताको खुल्लातर्फको उपाधि संखुवासभाका प्रबिन लिङ्थेप र सृजल पोखरेलको जोडीले जितेको छ ।

लिङ्थेप र पोखरेलको जोडीले भोजपुरका विशाल तामाङ र निश्चल खत्रीको जोडीलाई २५–२३ र २६–२४ को सोझो सेटमा हराएको हो ।

जीतसंगै प्रबिन लिङ्थेप र पोखरेलले नगद ५० हजार नगदसहित शिल्ड र प्रमाणपत्र प्राप्त गरेका छन् भने भोजपुरका तामाङ र खत्रीले नगद ३० हजार शिल्ड र प्रमाणपत्र प्राप्त गरेका छन् ।

खुल्लातर्फ बिर्तामोडका नबिल सिलवाल र विवेक कन्दङ्वाको जोडी र मेची ब्याडमिन्टन क्लब काँकरभिट्टाका प्रनिशसिंह ठकुरी र गौरव दाहाल तेस्रो भएका छन् । तेस्रो हुने दुवै समूहलाई नगद ७ हजार ५०० सहित मेडल र प्रमाणपत्र प्रदान गरिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्