झापा, चैत ३ । भूमिसुधार तथा मालपोत कार्यालयले वर्गीकरण सम्पन्न भएका बिर्तामोडको जग्गाहरुको अद्यावधिक शुरु गर्ने भएको छ ।

वर्गीकरण सम्पन्न भएका वडाहरुको जग्गा चैत १२ गतेदेखि भूमिसुधार तथा मालपोत कार्यालय भद्रपुरले अद्यावधिक गर्न सुरु गर्ने एक पत्रमार्फत जनाएको छ । बिर्तामोडको वडा नं १ देखि ५ सम्मको जग्गा मात्र नगरपालिकाले वर्गीकरण गरेको छ । भू– उपयोग नियमावली, २०७९ परिच्छेद ३ दफा १० बमोजिम बिर्तामोड नगरक्षेत्र भित्रका १ नं. वडादेखि ५ नं. वडासम्मका जग्गाहरुको जग्गाधनी दर्ता स्रेस्ता र जग्गाधनी दर्ता प्रमाण पुर्जा अद्यावधिक गर्ने कार्य चैत १२ देखि सुरु गर्ने बिर्तामोड नगरपालिकालाई पठाइएको पत्रमा जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्