बिर्तामोड, चैत ४ । झापाको बिर्तामोडबाट एक सडक महिलाको उद्धार भएको छ ।

बिर्तामोडको मुक्ति चोकस्थित ट्राफिक पोष्टमा विगत १ महिना १० दिनदेखि आस्रय लिएर बस्दै आएकी महिलाको शनिबार उद्धार गरिएको हो ।

अर्जुनधाराको कटहर डाँडा घर र सिता तामाङ नाम बताउने ती महिलाको पूर्व सञ्चारकर्मी तीर्थ सिग्देलको अगुवाई र वीरता लेडी जेसीज तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाको सहजीकरणमा उद्धार गरिएको हो । ती महिलाको मानसिक सन्तुलन केहि हदसम्म बिग्रिएको सिग्देलले बताए । उनलाई सञ्चारकर्मी कौशल कान्छोले समन्वय गरेर राधिका दासीले सञ्चालन गरेको इटहरीस्थित माया घरमा लगिएको छ । वीरता लेडी जेसीजकी अध्यक्ष संगिता गिरीले ती महिलालाई साथैमा इटहरीसम्म पुर्याउन सहयोग गरेकी छिन् ।

होस्टेमा हैसे अभियान सञ्चालन गरिरहेका सिग्देलले समस्याको तत्काल समाधान खोजिने कार्यअनुरुप ती महिलाको उद्धारमा पहल गरेको बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्