झापा, चैत्र ५ । देशभर सञ्चालित स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन अन्तरगत विभिन्न १०६ वटा क्याम्पसमा निर्विरोध नेतृत्व चयन भएको छ।

जसअनुसार कोशी प्रदेशका २१ क्याम्पसमा निर्विरोध नेतृत्व चयन हुँदा बागमतीका १९, गण्डकीका १२, लुम्बिनीका ३४, कणर्ालीका १४, सुदूरपश्चिमका ३ र उपत्यकाका ५ क्याम्पसमा निर्विरोध स्ववियु चयन गरिएको हो । त्रिवि स्रोतका अनुसार देशभर स्ववियु चुनाव हुने क्याम्पसको संख्या ४४८ वटा रहेकामा २८४ क्याम्पसमा मनोनयन दर्ता भएको थियो । यस्तै १०० वटा क्याम्पसमा विवादका कारण मनोनयन नै दर्ता हुन सकेको थिएन । पछि विभिन्न क्याम्पसमा विवाद हुँदा थप १४ वटामा पनि निर्वाचन अवरुद्ध हुन पुगेपछि आइतबार निर्वाचन हुन नसकेका क्याम्पसको संख्या ११४ रहेको स्रोतले जनाएको छ । आज विभिन्न २१७ क्याम्पसमा चुनाव भएका छ । प्राप्त जानकारीअनुसार कोशी प्रदेशमा ४१, मधेसमा ११, बागमतीमा २५, गण्डकीमा २०, लुम्बिनीमा ३८, कणर्ालीमा २२ क्याम्पसमा मतदान भइरहेको छ । यस्तै सुदूरपश्चिमका ३५ वटामा आज निर्वाचन भएको छ भने १० वटामा ८ गते र एउटामा सोमबार हुनेछ । यस्तै उपत्यकामा २५ क्याम्पसमा आज निर्वाचन भएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्