झापा, चैत ५ । गौरादह कृषि क्याम्पसमा भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा नेकपा एमालेनिकट अनेरास्ववियुको प्यानल विजयी भएको छ ।

केहीबेर अघि सम्पन्न मतगणनामा अनेरास्ववियुका विक्रमकुमार तिवारी १३० मत ल्याई प्यानलसहित विजयी भएका हुन् । सोही प्यानलका तर्फबाट सचिव पूर्णबहादुर राना १३८, कोषाध्यक्ष झरना सुवेदी १३९ तथा सदस्यहरुमा प्रकाश पौडेल १३०, सविन कटुवाल १२७, सुनिता बस्नेत १२३, मनिचकुमार राई १४२ र रिकिताकुमारी चौधरी १३९ मत ल्याई विजयी भएका छन् । नेविसंघका तर्फबाट अध्यक्षमा उम्मेदवारी दिएका राजेन्द्र काफ्लेले भने ९९ मत पाएका छन् । त्यहाँ अनेरास्ववियु र नेविसंघको दुईवटा प्यानलले उम्मेदवारी दिएको थियो ।


झापाका १० वटा क्याम्पसमध्ये सबैभन्दा बढी प्रतिशत मत(९७ प्रतिशत) गौरादह कृषि क्याम्पसमा खसेको थियो । गौरादह कृषि क्याम्पसमा कुल २३६ मतदाता रहेकोमा २२९ मत खसेको जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्