झापा, चैत ६ । कनकाई बहुमुखी क्याम्पस सुरुङ्गाको स्ववियु सभापति अनेरास्ववियुले जितेको छ ।

सिंगल प्यानल बनाएर निर्वाचन लडेको अनेरास्ववियुले नेविसंघ, अखिल क्रान्तिकारी र राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनको संयुक्त प्यानललाई पराजित गरेको हो । गठबन्धन बनाएर निर्वाचन लडेको नेविसंघले सचिव र एउटा सदस्य पदमात्र जितेको छ ।

अनेरास्ववियुका तर्फबाट अध्यक्षमा चेतन आचार्य ४१४ , सचिवमा नेविसंघका बासुदेव निरौला ३६२, कोषाध्यक्षमा अनेरास्ववियुकी प्रिया पुरी ३५८ तथा सदस्यहरुमा अनेरास्ववियुका मिना ढुङ्गेल ३९४, रोहन कोइराला ३७५, जोमर अली ३६६, मनिश दर्जी ३४७ , मदन उप्रेती ३६२ र नेविसंघका प्रविण राई ३५९ मत ल्याई निर्वाचित भएका छन् । कन्काई बहुमुखी क्याम्पस सुरुङ्गामा कुल १हजार ३७१ मतदाता रहेका थिए । त्यसमध्ये ८३२ अर्थात ६१ प्रतिशत मत खसेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्