झापा,चैत ७ । संविधानसभा सदस्य तथा नेपाली कांग्रेस तेह्रथुमका पूर्व सभापति गणेश बिमलीको गएराति निधन भएको छ ।

करिव ७५ वर्षिय बिमलीको उपचारका क्रममा भारतको दिल्लीमा निधन भएको हो । उनी फोक्सोको क्यान्सरबाट पीडित थिए । पहिलो संविधानसभा निर्वाचनमा तेह्रथुमबाट उनी सदस्य बनेका थिए । तेह्रथुम आठराई निवासी बिमलीको बिर्तामोड ५ मा पनि घर रहेको छ ।

दिवंगत बिमलीको शव अन्त्येष्टिका लागि नेपाल ल्याउने पहल भइरहेको उनका भाइ ओमकृष्ण बिमलीले जानकारी दिएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्