बिर्तामोड , चैत ७ । बिर्तामोड नगर अस्पताललाई मनमोहन मेमोरियल पूर्वाञ्चल क्षेत्रीय सामुदायिक अस्पताल बिर्तामोडले मेडिसिन ट्रली सहयोग गरेको छ ।


फागुन २० गतेदेखि नयाँ भवनबाट सेवा सुरु गरेको बिर्तामोड नगर अस्पतालका लागि मनमोहन अस्पतालले मंगलवार २ थान मेडिसिन ट्रली (क्रास कार्ट) सहयोग गरेको हो ।

मनमोहन अस्पतालका सूचना अधिकृत कमल भट्टराई र डिल्लीराम आचार्यले नगर अस्पतालमा पुगेर नगरप्रमुख पवित्रा महतारा प्रसाईलाई ९० हजार रुपैयाँ मूल्य पर्ने ट्रली हस्तान्तरण गरेका हुन् ।बिर्तामोड नगर अस्पताल सञ्चालनमा सहजताका लागि विभिन्न सहयोगी संघसंस्थाहरुबाट स्वास्थ्य सामग्री तथा उपकरण सहयोग उपलव्ध हुँदै आएको छ ।यसअघि रोटरी क्लब बिर्तामोडले ६ वटा डायलासिस मेसिन अस्पताललाई सहयोग गरेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्