बिर्तामोड, चैत ९ । रोट्रयाक्ट क्लव अफ बिर्तामोडको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

बिर्तामोडको मुक्तिचोक दुर्गा मन्दिरमा आयोजित कार्यक्रममा ४६ पिन्ट रगत संकलन गरिएको थियो । नेपाल रेडक्रस सोसाइटी बिर्तामोड उपशाखाको प्राविधिक सहयोग रहेको कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी झापा शाखाका सदस्य सजेश शिवाकोटीलगायतको उपस्थिति रहेको थियो ।

चार्टर जोइन्ट सेक्रेटरी स्व. सचिनकुमार श्रेष्ठको नवौं स्मृति दिवसमा सो कार्यक्रम आयोजना गरिएको जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्