झापा , चैत्र ९ । यू-१७ महिला साफ च्याम्पियनमा नेपालले भुटानलाई ५-० ले हराएको छ ।

वर्षा ओली र सेनु परियारले समान दुई गोल गरेको खेलमा नेपाली युवा टोलीले बुधबार नेपालले भुटानमाथि सहज जित दर्ता गरेको हो । जितपछि नेपालले प्रतियोगितामा दुई खेलबाट तीन अंक जोडेको छ । नेपाल चौथो स्थानमा छ । समान खेलबाट तीन अंक नै जोडेको बंगलादेश तेस्रो स्थानमा छ । एक खेल खेलेर समान तीन खेल जोडेका भारत र रुस क्रमशः पहिलो र दोस्रो स्थानमा छन्। दुई खेल खेलेको भुटान भने अंकबिहीन छ । पहिलो खेलमा नेपाल भारतसँग ४-१ ले पराजित भएको थियो । भारतसँग पराजित हुँदा पनि वर्षाले एक गोल गरेकी थिइन् । जारी प्रतियोगितामा वर्षाले तीन गोल गरिसकेकी छिन् । प्रतियोगितामा दक्षिण एसिया क्षेत्रका भारत, नेपाल, बंगलादेश र भुटान छन् भने यसपटकबाट रुसलाई आमन्त्रित गरिएको छ । रुसले पहिलोपटक यो प्रतियोगिता खेलेको हो । गएराति भएको अर्को खेलमा रुसले आयोजक बंगलादेशलाई ३-० ले हराएको थियो । नेपालले अब आइतबार आयोजक बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्