झापा , चैत्र ९ । धरान उपमहानगरपालिका-४ आँपगाछीमा सडकबाट अवैध लागूऔषध गाँजा करिब ३ सय केजी आज बिहान प्रहरीले बरामद गरेको छ ।

ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले उक्त स्थानमा जिजे ०१ एचक्यू २४६१ नम्बरको स्कारपियो गाडी रोकी राखेको अवस्थामा फेला पारी शंका लागि गाडी जाँच गर्दा झोलामा प्याक गरी राखेको अवस्थामा उक्त परिमाणको लागूऔषध फेला पारेको हो । प्रहरीले हाल फरार व्यक्तिहरूको खोजी गरिरहेको छ र यस सम्बन्धमा थप अनुसन्धान भई रहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्