एजेन्सी। सन् २०१८ मा सार्वजनिक भएको बलिउड फिल्म स्त्रीले राम्रै चर्चा पाएको थियो ।

उक्त फिल्मले बक्स अफिसमा १२९ करोडको व्यापार गरेको थियो । १४ करोड लागत रहेको यो फिल्मले सय करोडको आँकडा पार गरेपछि निर्माताले सिक्वेल बनाउने घोषणा गरेका थिए । यसैबीच जुलाईमा सार्वजनिक गर्नेगरी फिल्मको निर्माण भइरहेको छ । जसमा पुरानै कलाकारहरूले अभिनय गर्दैछन् । फिल्ममा मुख्य भूमिकामा राजकुमार राव, श्रद्धा कपुर, पंकज त्रिपाठी, अपारशक्ति खुराना, अभिषेक बनर्जीलगायत देखिँदैछन् । फिल्ममा अभिनेता बरुण धवनको विशेष भूमिका रहने निर्माण टोलीले जनाएको छ । बलिउड हंगामाका अनुसार बरुण विशेष भूमिकासहित फिल्ममा देखिँदैछन् । उनको भूमिकाले स्त्री२ को रोमाञ्चकता बढाउने विश्वास निर्माण टोलीको रहेको समाचारमा उल्लेख छ । स्त्री २ लाई अमिर कौशिकले निर्देशन गर्दैछन् । उनले स्त्री र त्यसपछि भेडिया फिल्मको निर्देशन गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्