झापा, चैत्र ९ । एएफसी यू-२० महिला एसियन कप छनोटको दोस्रो चरणमा नेपाल समूह ‘बी’ मा परेको छ ।

एएफसीले बिहीबार सार्वजनिक गरेको दोस्रो चरणको छनोट ‘ड्र’ अनुसार नेपाल समूह ‘बी’ मा चीन, म्यानमार र चाइनिज ताइपेईसँगै परेको हो । छनोटको दोस्रो चरण आउँदो जुन ३ देखि ११ तारिखसम्म हुनेछ । नेपाल समूहको शीर्ष दुईमा अटाउन सके सन् २०२४ मा हुने एएफसी यू-२० महिला एसिया कपमा छनोट हुनेछ । एएफसी यू-२० महिला एसिया कप उज्वेकिस्तानमा मार्च ३ देखि १६ सम्म हुने तालिका छ । यसअघि, प्यालेस्टाइनमा भएको छनोटको पहिलो चरणमा नेपालले घरेलु टिम प्यालेस्टाइन र नर्दन मारियाना आइसल्यान्डलाई समान ६-० ले पराजित गरेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्