एजेन्सी । भारतीय कङ्ग्रेस नेता राहुल गान्धीको सांसद पद खारेज भएको छ ।

संसद सचिवालयले शुक्रबार सूचना जारी गर्दै गन्धीको संसद सदस्यता खारेज भएको जानकारी दिएको छ । चार वर्ष पुरानो मानहानी मुद्दामा दोषी देखिएपछि संसद सचिवालयले उनको पद खारेज गरिदिएको हो । उनी भारतको लोकसेवा सदस्य रहेका थिए । भारतको संविधानको अनुच्छेद १०२ (१) र जन प्रतिनिधित्व अधिनियम १९५१ बमोजिम उनको पद खारेज गर्ने निणर्य गरेको संसद सचिवालयले जनाएको छ । सुरतको अदालतले गान्धीको चार वर्ष पुरानो मुद्दाको सुनुवाई गर्दै दुई वर्ष सजायको फैसला सुनाएको थियो। अदालतले १५ हजार जरिवनासमेत तिराएको थियो । अदालतले उनलाई धरौटीमा रिहा गर्दे आदेश पनि दिएको थियो । सन् २०१९ मा उनले किन सबै चोरको थर मोदी हुन्छ भन्दै टिप्पणी गरेका थिए । सोही टिप्पणीका आधारमा उनीमाथि अदालतमा मुद्दा दायर भएको थियो।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्