एजेन्सी । लियोनल मेसीले करिअरमा ८००औँ गोल गरेको खेलमा अर्जेन्टिनाले शुक्रबार बिहान मैत्रीपूणर् खेलमा पानामालाई २-० ले पराजित गरेको छ ।

कतार विश्वकपमा उपाधि जितेपछि पहिलोपटक खेलेको अर्जेन्टिनाले घरेलु मैदानमा गोलका लागि ७८ मिनेटसम्म कुर्नु परेको थियो । बैकल्पिक खेलाडी थिएगो अलमाडाले गरेको गोलबाट अर्जेन्टिनाले ७८औँ मिनेटमा अग्रता लिएको थियो । अलमाडा ४६औँ मिनेटमा एलेक्सिस मार्क एलिस्टरको स्थानमा मैदान छिरेका थिए । खेल सकिन एक मिनेट बाँकी हुँदा मेसीले फ्रीकिकमा गोल गरेपछि अर्जेन्टिनाको जित पक्का भएको थियो । मेसीको यो क्लब फुटबल र अन्तर्राष्ट्रिय खेलमा गरी करिअरको ८००औँ गोल हो । मेसीले अर्जेन्टिनाबाट ९९ गोल गरेका छन् । उनले बार्सिलोनाबाट ६७२ र पेरिस सेन्ट जर्मेन (पीएसजी)बाट २९ गोल गरेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्