भद्रपुर, चैत १० । नेकपा एमाले झापाकी पूर्व जिल्ला सदस्य मिना राजवंशीले पार्टी परित्यागको घोषणा गरेकी छिन् ।

साविक महेशपुर हाल भद्रपुर ६ घर भएकी आदिवासी समुदायकी अग्रज नेतृ राजवंशीले पार्टी नेतृत्व स्वेच्छारी र विचारशून्य गतिमा चलेको आरोप लगाउँदै पार्टी परित्यागको घोषणा गरेकी हुन् ।
प्रेस विज्ञप्ति जारी गर्दै राजवंशीले नेकपा एमाले पार्टीको नीति र सिद्धान्त जनताको पक्षमा नरहेको दावीसमेत गरेकी छिन् । वर्षौंदेखिको लामो कम्युनिस्ट यात्रा अब स्वतन्त्र वाम भएर अगाडि बढ्ने उनले स्पष्ट पारेकी छिन् ।
राजवंशीले एमाले तमाम कम्युनिस्ट कार्यकर्ताको रगत पसिनाले निर्माण भएपनि पछिल्लो समय केही व्यक्तिको गुट, गिरोह र प्राइभेट कम्पनीमा रूपान्तरण हुँदै जाँदा अग्रज कार्यकर्तामाथि अपमान भइरहेको दुखेसो पोखेकी छिन् । उनले झापा क्षेत्र नम्बर ३ राजावादी मण्डलेको पोल्टामा पार्टी नेतृत्वले सुम्पेकै कारण एमालेविहीन हुँदै गएको समेत आरोप लगाएकी छिन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्